स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताउनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा […]